रास्वपाले कर्णालीमा विशेष अभियान चलाउने

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार १७:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । रास्वपाको बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको छ ।

यसतै, बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिएको प्रवक्ता झाले बताए ।