विपद्को घटनामा परी १३४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार १८:०६
सांकेतिक तस्वीर

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै बाढी पहिरोमा परी देशैभर ७ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।