३२ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ ।
कारोबार सुरु भएको समयमा घटेपनी अन्तिम समयमा परिसूचक बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्से परिसूचक २ हजार ५६८ दशमलव ११ अंक पुगेर रोकिएको छ ।
यस्तै, आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको जनाइएको छ ।
यसक्रममा १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
