समाचार
५ एसपीको काज सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरेको छ । उनीहरूलाई आवश्यकता अनुसार काज सरुवा गरिएको हो । जसअनुसार, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन...
आज भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भैरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी...
मकवानपुरमा करेन्ट लागेर युवकको मृत्यु
मकवानपुर । मकवानपुरमा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ४, माझीखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ९, बेतेनीस्थानीय २० वर्षीय रामराज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले...
माओवादी, रास्वपा र एकीकृत समाजवादीले ओलीलाई विश्वासको मत नदिने
काठमाडौं । नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार भएको छलफलले उक्त निर्णय गरेको हो । तीन प्रतिपक्ष...
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६ स्थित सडकमा शुक्रबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु.२ ख ४६ नम्बरको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । बसको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका–६ कोठारपुर बस्ने ६० वर्षीया कलावती भाटको मृत्यु भएको प्रहरीले जनाएको...
विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालन
काठमाडौं । देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जना सैनिक प्रहरी परिचालन गरिएको छ । पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोज तथा उद्धारका लागि गोताखोरसहितको टोली परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, नदीको उच्च...
ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
पोखरा । मुस्ताङमा शुक्रबार ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा ढिस्को झरेर पुरिँदा दुई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका...
कार्यविधि बमोजिम सेवा सुरु गर्न संघीय अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि बमोजिम सेवा सुचारु गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै , संघ अन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०७७ बमोजिम सेवा सुचारु गर्न निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा....
त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बिहीबार अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मीको सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव...
कांग्रेस बागमतीको कार्यसम्पादन समितिको बैठकः विश्वासको मत नदिने निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक प्रदेश सम्पर्क कार्यालय, ललितपुरमा बसेको हो । सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै उक्त बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न...










