प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेद्वारा ह्विप जारी
काठमाडौं । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई ओलीलाई प्रधानमन्त्री पदमा विश्वासको मत दिन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । उनलाई नेपाली कांग्रेसको साथ छ ।
यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेको जनाइएको छ ।
