आगामी निर्वाचनमा माओवादीलाई कांग्रेस एमालेले साथ दिँदैनः पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नेपाली कांग्रेस र नेकपा एमालेले साथ नलिने बताएका छन् ।
उनले कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै माओवादीलाई आगामी निर्वाचनमा साथ नदिने विषयमा सहमति भएरै नयाँ गठबन्धन बनाइएको बताए ।
पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री भन्नुपर्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरुले नयाँ सरकार गठन गरेको उनले बताए ।
सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणी समेत गरे । उनकै बेइमानका कारण सरकार ढलेको आरोप लगाए ।
