कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक यही साउन २३ गते बस्ने गरी बोलाइएको हो ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलको क्रममा भएको सहमति अनुसार बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेण्डा रहेको महामन्त्री थापाले बताए ।
केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने महामन्त्री थापाले बताए ।
