अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु
चितवन । चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु छ ।
झ्यालबाट खसेर सोही अस्पतालमा उपचाररत नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक मगर पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि साउन २ गते अस्पताल भर्ना भएका थिए ।
मगर आज बिहान साढे ६ बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका थिए । अस्पतालको झ्यालबाट खसेर गम्भीर बिरामी भएका उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
