स्थापना दिवसको अवसरमा चियापान
मकवानपुर । अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कमिटी मकवानपुरले शुभकामना आदान–प्रदानसहित चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम संघको जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष कुमारी लामाको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्री मोक्तानले आफुले जानेको सीपलाई व्यवसायमा परिणत गरी उद्यमशील हुनुपर्नेमा जोड दिइन् । उनले व्यवसायीहरु संगठित भए आपसी सहयोग र सहकार्यको लागि सहयोगी हुने बताइन् ।
कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान (ज्वाला), प्रदेश कमिटी सदस्य सर्केश घलान, सीता पुलामी, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
