सत्तापक्षको मूख्य सचेतकमा मकवानपुरका बर्ताैला
तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १५:५३
काठमाडौं । नेकपा एमालेले सत्तापक्षको मूख्य सचेतकमा मकवानपुरका महेश बर्ताैलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार बर्ताैलालाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।
बर्ताैलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका निर्वाह गर्नेछन् ।
बर्तौला मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।