ओली नेतृत्वको मन्त्रिपरिषदमा ९ जना नयाँ मन्त्री

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ९ जना नयाँ मन्त्रीले मौका पाएका छन् ।
सोमबार गठित ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना गरी ९ जनाले पहिलो पटक मन्त्री बन्ने मौका पाएका हुन् ।
जसमा कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, बद्री पाण्डे र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बन्ने मौका पाएका हुन् ।
यस्तै, एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले मन्त्री बन्ने मौका पाएका हुन् ।
आइतबार प्रधानमन्त्री नियुक्ती भएका ओलीले सोमबार शपथ ग्रहण गरेसँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।