आज साउनको पहिलो दिनः शिवालयमा भक्तजनहरुको घुइँचो

तु खबर संवाददाता
२०८१ श्रावण १,मंगलवार १०:१९

काठमाडौँ । आज साउन महिनाको पहिलो दिन विहानैदेखि भगवान पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बीहरुको घुइँचो छ ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने पशुपति विकास कोषले जनाएको छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए।