हेटौंडामा मनाइयो भानु जयन्ति

मकवानपुर । भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिले हेटौंडामा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ ।
शनिबार साहित्यकार, शिक्षक, विध्यार्थी, पत्रकार करिव २०० जना जम्मा भएर सोलिड्यारिटी इन्टरनेशनल माविबाट सुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटीमै पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले भानु जयन्तीलाई प्रदेशहरुमा पनि मनाउन शुरुआत गर्नु महत्वपूर्ण विषय भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लैजानुपर्ने बताए । उनले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिए । उनले साहित्य लेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताए ।
कार्यक्रममा सोलिड्यारिटी इन्टरनेशनल माविका विनिता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपाने तथा कवि मञ्जु खरालले भानु सम्बन्धि कविता वाचन गरेका थिए । भने छन्दकवि पुरुषोत्तम आचार्यले रामायणका पाँच श्लोक वाचन गरेका थिए ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्त बारे जानकारी दिएको भानु प्रतिष्ठान नेपाल बागमतीका सहसंयोजक मसान उपासकले जानकारी दिए ।
कार्यक्रममा रमेशमोहन अधिकारी, श्यामकुमार बानियाँ, देवराज तिवारी, सानु खनाल, डिबि बर्तौला, माधव पोखरेल, अम्बिका कार्की, रजनी पौडेल, भावना सापकोटा, एक के निधनलगायतका कवि लेखकहरूको आतिथ्यता रहेको थियो । यस्तै, रधुनाथ खराल, विनोद सुवेदी, रिना आचार्यलगायतका शिक्षासँग सम्बन्धित व्यत्तिहरु, रिपोर्टर्स क्लब नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, समाजवादी प्रेस संगठन नेपाल मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, पत्रकार रुपक कालिराज, राजेश थापालगायतको आतिथ्यता रहेको थियो ।
भानु प्रतिष्ठान नेपाल बागमति प्रदेश कार्यसमितिका संयोजक हयग्रीव आचार्यको साभाध्यक्षताा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका हुन् ।