पछिल्लो २४ घण्टामा पहिरोमा परेर १५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म पहिरोमा परेर उनीहरुको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार, पहिरोमा परेर कास्कीमा ११ जना, म्याग्दीमा २ जना, चितवनमा १ जना गरी कुल १५ जना रहेका छन् ।
साथै काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ आउने दुई वटा रात्रि बस पहिरोले बगाएको छ । सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको गृह सचिव अर्यालले बताए ।
उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको जानकारी दिए ।
