प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको बताए ।
शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
