प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बिहीबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री उपस्थित नभएको भनि जानकारी गराएका थिए ।
त्यसलगतै सभामुख देवराज घिमिरेले बैठकमा कुनै मन्त्री उपस्थित नभएको भन्दै शुक्रबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।
शुक्रबार बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।