बकैया नदीले सतर्कता तह पार गर्यो
मकवानपुर । मकवानपुरको बकैया नदीले सतर्कता तह पार गरेको छ ।
निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ ।
नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।
मकवानपुरस्थित बकैया नदी जुरेली बजार केन्द्रमा आज बिहान ११ बजे नदीले सतर्कता तह पार गरेको हो ।
नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको बकैया नदीको बारा क्षेत्रको टतीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन मौसम विभागले जनाएको छ ।
