पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड एकतर्फी संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको सिस्नेरी सडकखण्डमा एकतर्फी यातायात संचालनमा आएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ टेक्करमा आज बिहान अन्दाजी ३ बजे गएको पहिरो पन्छाई पौने ९ बजेबाट उक्त सडकखण्डमा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ ।
यसैगरी, हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग लगायत भीमफेदी काठमाडौंतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातिर्थ हुँदै काठमाडौं, कुलेखानी–फाखेल हुँदै काठमाडौं, थानकोट–चित्लाङ हुँदंै हेटौंडा जोड्ने सडक संचालनमा रहेको छ ।
यसैगरी, बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पनि यातायात सेवा आज बिहानैबाट संचालनमा रहेको जनाइएको छ ।
