समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र त्यसको प्रभाबले देशभर साधरणतया बदली रहेको जनाएको छ । साथै हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुम हल्कादेखि मध्यम वर्षा भइरहेको...

बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङमा वर्षाका कारण आएको पहिरोले घर पुरिँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–७ तितौरे बस्ने ५५ वर्षीया खिलकुमारी शर्मा रहेको जिल्ला प्रहरी कार्याल य बागलुङले जनाएको छ । प्रहरीका अनुसार, शर्मा घरमा एक्लै बस्ने गरेका थिए । आज बिहान छिमेकीले थाहा पाएपछि...

पोखरेलको ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक

मकवानपुर । पूर्व शिक्षक ऋषिराम पोखरेलले आफ्नो जीवनका विभिन्न अनुभूति समेटिएको पुस्तक ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरेका छन् । सर्जक सञ्जाल मकवानपुरले बुधबार एक कार्यक्रमबीच पोखरेलको पहिलो कृति सार्वजनिक गरेको हो । पुरस्कारको प्रकाशकको रुपमा पुरनबहादुर जोशी रहेका छन् । लेखक पोखरेलले आफ्नो कृतिलाई अनुस्मरण मानेका छन् । कृतिमाथि टिप्पणी...

हत्या गरेको अभियोगमा पक्राउ

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको अभियोगमा प्रहीले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनबहादुर कै भाई ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घरमा घरायसी विवाद भई एकापसमा झै–झगडा हुँदा सोम बहादुरले...

ओलीले झुक्याएको प्रचण्डको गुनासो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटछल गरेर कांग्रेससँग नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । आज बसेको नेकपा माओवादी केन्द्रको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले कांग्रेससँगको सहमतिपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याइएको बताए । कांग्रेससँग सहमतिपछि पनि ओलीले आफ्नो...

जनमत पार्टीद्वारा सचिवसहित ७ जना निलम्बन

काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साहसहित ७ जनालाई निलम्बन गरेको हो । निलम्बनमा पर्नेहरुमा केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती,...

सहकारी ठगी र पासपोर्ट प्रकरणमा रविमाथि छानविन हुनुपर्छः ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सहकारी ठगी र पासपोर्ट प्रकरणबारे रवि लामिछानेको छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रविमाथि थुप्रै प्रश्न उठाएका छन् । उनले १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी...

विपद्को घटनामा परी ८३ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण आएको बाढी–पहिरो लगायत विपद्को विभिन्न घटनामा परेर देशभर ८३ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, विपद्मा परी कोशी...

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बाँके र झापा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९, खग्रौला चेकपोष्ट नजिक सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय मिलिग्रामसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीले...