हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार १७:५९

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको अभियोगमा प्रहीले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनबहादुर कै भाई ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै घरमा घरायसी विवाद भई एकापसमा झै–झगडा हुँदा सोम बहादुरले धनबहाुरमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । सोमबहारले दाउराको चिर्पट प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।