समाचार

युक्रेनलाई शक्तिशाली हतियार सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

अमेरिका । अमेरिकाको राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकलाई सम्बोधन गर्दै उनले युक्रेनलाई हतियार र दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले अमेरिका र अन्य चार पश्चिमी देशले युक्रेनलाई...

राष्ट्रपतिद्वारा एउटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक राष्ट्रपतिले सोमबार प्रमाणीकरण गरेका हुन् । विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा...

बाढी–पहिरोः उद्धार र राहतको व्यवस्था गर्न सांसदको माग

काठमाडौं । बाढी, पहिरोबाट प्रभावित तथा जोखिममा परेकालाई तत्काल उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले अबिरल वर्षाको कारण देशभर बाढी–पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, झापा र कैलाली जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

मकवानपुरको भैंसेबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसे चोकबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार करिब ४ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८, इपापन्चकन्या बस्ने ३१ वर्षीय भिम स्याङ्तान रहेका छन् । उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको...

बागमती गाउँपालिकाको बजेटविरुद्ध अदालतमा रिट दायर

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासलमा रिट निवेदन दायर गरिएको छ । पालिका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित ४ जना वडाध्यक्षले असार १० गते प्रस्तुत नीति, कार्यक्रम र बजेटविरुद्ध आइतबार रिट निवेदन दायर गराएका हुन् । उपाध्यक्ष तिमल्सिनासहित बागमती–९ का...

हेटौंडा–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत् विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै यही असार २९ गते उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । यस कार्यका...

बाढी–पहिरोमा परेर ७० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायत विपद्मा परी हालसम्म ७० जनाले मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले गत जेठ २८ गतेदेखि आज बिहानसम्म विपद्मा परी ७० जनाको मृत्यु भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, विपद्मा परेर ८६ जना घाइते भएका छन् भने पाँच जना...

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुस्थित एउटा अवैध सुन खानीमा पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास...

देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न

काठमाडौं । देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । देशभरको १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ । उक्त तथ्याङ्क असार २३ गते आइतबारसम्मको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम...