बाढी–पहिरोः उद्धार र राहतको व्यवस्था गर्न सांसदको माग

तु खबर संवाददाता
२०८१ असार २५,सोमबार १७:४०
file-photo

काठमाडौं । बाढी, पहिरोबाट प्रभावित तथा जोखिममा परेकालाई तत्काल उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनीहरुले अबिरल वर्षाको कारण देशभर बाढी–पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको उल्लेख गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे ।