जनमत पार्टीद्वारा सचिवसहित ७ जना निलम्बन
काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।
अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साहसहित ७ जनालाई निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेहरुमा केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादव रहेका छन् ।
उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।