रास्वपा संसदीय दलको बैठक बालायो

तु खबर संवाददाता
२०८१ असार २७, बिहीबार १०:३४
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बोलाएको छ ।

बैठक यही असार २९ गते शनिबार बिहान ९ बने बस्ने गरी बोलाइएको हो ।

बैठक रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने पार्टीका सचेतक निशा डाँगीले जानकारी दिइन् ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत र अन्य समसामयिक विविध विषयमाथि छलफल हुने सचेतक डाँगीले बताइन् ।