शेयर बजार उकालो लाग्यो

काठमाडौं । आज साता कारोबारको चौथो कारोबार अर्थात बुधबार शेयर बजार उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव २५ अकंले बढेर २१७५ दशमलव ४० बिन्दुमा कायम भएको छ ।
यस्तै, आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
यसैगरी आज विकास बैंकबाहेक अन्य १२ उपसूचकमा हरियाली आएको छ ।