मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २६, बुधबार १५:४०
file-photo

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.८ ईपाखहरे बस्ने ३७ वर्षीय दिक्पाल स्याङ्तान रहेका छन् ।

स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा करेन्टमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।