कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ घटेसँगै सोमबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।