सोमबार देशभर साधारणतया बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने जनाएको छ ।
महाशाखाका अनुसार, योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ ।
यस्तै, आज देशभर साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको जनाइएको छ ।
खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको आग्रह गरेको छ ।