विपद्को घटनामा परी दुई दिनमै १४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार १६:५३
तस्वीर स्रोतः नेपाल प्रहरी

काठमाडौं । देशका विभिन्न स्थानमा विपद्को घटनामा परेर दुई दिनमा १४ जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाको मृत्यु भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँ र स्याङ्जामा ३/३ जना, काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जना रहेका छन् ।

उक्त घटनामा परेर २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित बनेका छन् ।

राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान रहेको छ ।