समाचार

‘राजकुमार न्यौपानेले हिटलर शैलीमा काम गरे ’–माकाजु

मकवानपुर, १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघका १६ औं अध्यक्ष जीवनकाजी माकाजुले मउवा संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वले हिटलर शैलीमा काम गरेको आरोप लगाएका छन् । कार्य समितिमा हरेक काममा एक्लै निर्णय गरेका कारण व्यवासायीक हितमा काम नभएकोे उनले बताए । साथै यस्तै निर्णयको कारण संघको काममा...

मकवानपुरबाट निर्वाचन हारेका कमल थापाले समीक्षा गर्न आकस्मिक बैठक बोलाए , दोषको भागिदार को होला ?

काठमाडौँ, १२ पुस : राप्रपाले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । गएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मकवानपुर १ बाट पार्टी केन्द्रीय अध्यक्ष कमल थापा नै पराजित भएपछि राप्रपामा निरास भएको थियो । त्यसपछि आजको बैठकले १९ गते बैठक बोलाएको छ...

‘मेरो कार्यकालभरि मउवा संघको बारेमा नकरात्मक समाचार आउँदैन’–कृष्ण कटुवाल

मकवानपुर, १२ पुस । यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी कृष्ण कटुवालले आफूले जितेमा कार्यकालभरी ‘नेगेटिभ न्यूज’ नआउने बताएका छन् । अहिलेको कार्यकालमा राम्रो भन्दा नराम्रो समाचारले मिडियामा स्थान पाएको भन्दै उनले आफ्नो कार्यकालमा त्यस्तो नहुने बताएका हुन् ।...

‘अब विकास सुरु भो’–मेयर हरिबहादुर महत

मकवानपुर, १२ पुस । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपमहानगरमा पछि जोडिएका साविकका गाविसरुमा अब बल्ल विकासको कार्य सुरु भएको बताएका छन् । साथै ती गाविसहरुलाई नगर सरह बनाउनु आफ्नो प्राथमिकता रहेको बताएका छन् । बुधबार हेटौंडा–१४ नम्बर वडास्थित मयुरधापमा स्लाब ढलान कार्यको उद्घाटन गर्दै उनले विकासको दृष्टिले पछि...

महेन्द्र राउतलाई व्यवसायीको प्रश्न : २५ मिटर सडकले हाम्रो पसल भत्काउँछ ?

मकवानपुर, १२ पुस । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार महेन्द्र राउतले मतदाताको घर दैलोमा पुगेर आफ्ना प्रबिद्धताहरु राखेका छन् । घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै मत माग्न ब्यस्त रहेका राउतले बुधबार हेटौंडा ९ र ८ नम्बर वडामा घरदैलो गरे । घरदैलोको क्रममा मतदाताहरुले उनलाई २५ मिटर सडकले...

सन् राइज बैंकको एटिएम काउन्टर

काठमाडौँ, १२ पुस । सन् राइज बैंकले काठमाडौँका थप दुई स्थानमा एटिएम सेवा सुरु गरेको जनाएको छ । बैंकले काठमाडौँको बालाजु चोक र पद्म कोलनी सीतापाइलामा एटिएम सुरु गरेको हो । एटिएम सेवाको सुरुवात बैंकका संचालकहरुले गरेका छन् । यो समेत देशैभरि सन्राइज बैंकको ८९ वटा एटिएम सेवा संचालनमा...

मामाघर बनाउन चिसापानीमा महायज्ञ

मकवानपुर, १२ पुस । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको भवन निर्माण सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन...

किर्ते अभियोग लागेका नवराज सिलवालको विषयमा अनलाइनलाई प्रहरीले चिठी काटेपछि काउन्सिलले के भन्यो ?

काठमाडौँ । १२ पुस । केही दिनअघि पूर्व डिआइजी तथा हालका साँसद नवराज सिलवालका सम्बन्धमा स्रोत उपलब्ध गराइदिन प्रहरीले चिठी काटेपछि प्रेस काउन्सिलले संचारमाद्यममा प्रकाशित समाचारका बिषयमा गुनासो भए प्रेस काउन्सिलसँग समन्वय गर्न भन्दै विज्ञप्ती निकालेको छ । काउन्सिलका सूचना अधिकारी तथा सहप्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ती निकालेर कुनै...

चुनाव जितेँभने बोलेर हैन गरेर देखाउँछु : रविन्द्र घिमिरे

मकवानपुर १२ पुस । मकवानपुर उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा महेन्द्र राउतको प्यानल मार्फत उद्योग तर्फको उपाध्यक्षमा युवा व्यवसायी रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । उनी आफु युवा भएकै आधारमा बिपक्षीले आलोचना गरेको पनि बताउँछन् । तु खबरसंग कुराकानी गर्दै उपाध्यक्षका उम्मेदवार घिमिरेले यो देशको माथिल्लो स्तर देखिनै युवालाई...

माओवादी केन्द्रमा प्रदेश साँसदका उम्मेदवारनै प्रवेश गरे

मकवानपुर १२ पुस । नेकपा माओवादी केन्द्र मकवानपुरको आयोजनामा पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालय मकवानपुरको हेटौंडा संगम चोकमा आज (बुधबार) सम्पन्न भएको छ । प्रतिनिधिसभा १ प्रदेस (क) का साँसद तथा माओवादी केन्द्र मकवानपुरको जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा प्रतिनिधि सभा २ को (क) का प्रदेश...