समाचार

१७ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं, १३ पुस । मुलुकका विभिन्न स्थानहरुमा गरि करिब साढे सत्र लाखभन्दा बढीको धनमाल चोरी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट डेरा गरी बस्ने बाराको सिमरा जितपुर घर भएका भेषबहादुर कुँवरको कोठाबाट बुधबार करीब ५ लाख ६७ हजार रुपैयाँ बराबरको सुनका गहनाहरु चोरी भएको छ । काठमाडौंको तार्केश्वर...

ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यू

रौतहट, १३ पुस । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना २.ख ८०२६ नम्बरको ट्रकले बुधबार साईकल यात्रीलाई ठक्कर दिँदा साईकल चालकको मृत्यू भएको छ । प्रहरीका अनुसार सोही नगरपालिका–२ जुडिबेला बस्ने ५८ वर्षीय दशै चौधरीको मृत्यू भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि चपुर सरकारी अस्पतालमा...

बले र कक्रोजको उट्पट्याङले हेटौँडा हल्लायो

मकवानपुर, १३ पुस । हेटौँडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा आज हाँस्य टेलिचलचित्र ‘भद्रगोल’ टिमले हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । चर्चित पात्र बले र कक्रोजले उट्पट्याङ र व्यङ्य प्रस्तुति दिएर दर्शकलाई हाँस्न बाध्य बनाए । त्यस्तै मेलामा खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिएपछि मेलाको रौनकता झन बढेको छ...

राउत र कटुवालको चुनावी शैली : न भोक न तिर्खा

मकवानपुर, १३ पुस । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवारहरु आ–आफ्नै शैलीमा भोट माग्न व्यस्त देखिएकमा छन् । नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा महेन्द्र राउत र कृष्ण कटुवालको छुट्टा छुट्टै प्यानल फरक शैलीमा भोट माग्न व्यस्त देखिएका हुन् । अध्यक्ष पदका लागी राउत र कटुवालले मतदाता रिझाउन...

पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट

काठमाडौँ, १३ पुस । नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत्...

आउँदो साउनदेखि ढुंगा, गिटी वालुवाको कर गाउँपालिका र नगरपालिकाले उठाउने

मकवानपुर, १३ पुस । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ ढुंगा, गिटी वालुवामा लगाइ राखेको कर आउँदो साउनदेखि स्थानीय तह गाउँपालिका र नगरपालिकाले उठाउने भएको छ । यसका लागि सरकारले आवश्यक निर्देशन दिइसकेको छ । नगरपालिका तथा गाउँपालिकाले यससम्बन्धमा आवश्यक कानुनको निर्माण गर्नुपर्नेछ । नदीजन्य पदार्थ उत्खनन् गर्ने संभावित स्थानको...

माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली

नगरकोट, १३ पुस । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । एमाले र माओवादीबीच बृहत् छलफल र...

कामदारको हाहाकार,पुनःनिर्माणका लागि आफैँ जुटे गाउँले

धुलिखेल, १३ पुस । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफँै घर बनाउन जुटेका छन् । सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा नं ५ सिमलडाँडाका...

कठ्याङ्ग्रिने जाडोका कारण बाराको दलित बस्ती प्रभावित

वीरगञ्ज, १३ पुस । केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् । एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको...

कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै

भीमदत्तनगर, १३ पुस । बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ । पछिल्लो समय कञ्चनपुरमा होमस्टेको...