समाचार
दलित तथा विपन्न परिवारलाई १७३ घर
डडेल्धुरा, १४ पुस । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ । जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने शहरी विकास...
सहकारी खेती र डेरीका लागि अनुदान
कञ्चनपुर, १४ पुस । सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पु¥याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको हो । नगरपालिकाको पशु विकास...
कपिलवस्तुमा माघी महोत्सव हुने
जितपुर, कपिलवस्तु, १४ पुस । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन...
नेपालमा पहिलो पटक क्षयरोगीको सर्वेक्षण शुरु
भक्तपुर, १४ पुस । नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले बताउनुभयो । उहाँले भन्नुभयो– “देशभरका...
पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र
लक्ष्मीप्रसाद सापकोटा फलेवास, पर्वत, १४ पुस । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गत मध्यपहाडी आयोजनाले यो राजमार्गलाई...
हेटौँडा एफ.एम.का अध्यक्ष र प्रबन्ध निर्देशकको एउटै पदमा घम्साघम्सी
मकवानपुर, १४ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा हेटौंडा एफ एम ९६.६ मेगाहर्जको संचालक समितिका अध्यक्ष गणेश भेटवाल र प्रबन्ध निर्देशक उज्वल चौलागाँई एउटै पदको लागि दरो भिडन्त देखिएको छ । । चुनाव आफैंले जित्नुपर्छ भन्ने मनसायका साथ दुवै प्रचारप्रसार र माहौल आफ्नो पक्षमा पार्नको लागि चुनावी...
सोलारबाट बिजुली, स्थानीयवासी हर्षित
उर्लाबारी, मोरङ, १४ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ । पहिलो पटक २४ घण्टा नै बिजुली...
१०४ वर्षीय वृद्धले फिर्ता पाए आँखाको ज्योति
बेनी, म्याग्दी, १४ पुस । उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा हुनुहुन्थ्यो म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामका १०४ वर्षीय ओमलाल निउरे । निउरेका दुवै आँखा दुई वर्षअगाडि बन्द भएपछि उहाँलाई रात र...
नक्कली कागजात बनाएको अभियोगमा पक्राउ
काठमाडौँ, १३ पुस (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरबी सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा...
बलात्कारीलाई १० वर्ष कैद
चौतारा, १३ पुस (रासस) : जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले आज उक्त फैसला गरेको हो । अपाङ्गतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई...










