समाचार
‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’
काठमाडौँ, १४ पुस । लागुऔषध ओसारपसार र प्रयोग रोक्न सञ्चारमाध्यमले आफ्नो भूमिका बढाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको ‘लागुऔषध नियन्त्रणसम्बन्धी पत्रकासँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले लागुऔषध दुव्यसनीको...
सडक विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई झमेला
चितवन, १४ पुस । नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रताडित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् । सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास हुने गरेकाले यात्रुले मठमन्दिरदेखि खाना पकाउने चुलोसम्ममा दिसापिसाब गरेको स्थानीयवासीको गुनासो छ । उक्त सडक पर्ने भरतपुर...
मृतकका परिवारले शव बुझे
दमौली, तनहुँ, १४ पुस । यहाँ भएको एक युवकको मृत्युको घटनामा मृतकका परिवारजनले तीन दिनपछि बिहीबार शव बुझेका छन् । दमौली अस्पतालमा शवपरीक्षणपछि उनीहरुले शव बुझेका हुन् । तनहुँको व्यास नगरपालिका–२ बाराही कलेज नजिकै बुल्दी खोलामा मंगलबार बिहान २३ वर्षीय ओमबहादुर विकको शंकास्पद ढंगबाट मृत्यु भएपछि हत्या भएको भन्दै...
शुरु हुनेभो टरीगाउँमा हवाई उडान
दाङ, १४ पुस । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ । विसं २०१६...
गुरुङ समुदायमा ल्होसारको रौनक
बेसीशहर, लमजुङ, १४ पुस । गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनक देखिएको हो । गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार च्यल्हो (चरा वर्ग) लाई बिदाइ गरी...
कानेपोखरी–रंगेली हुलाकी सडक दु्रतगतिमा
पथरी, मोरङ, १४ पुस । मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि., चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता थियो तर उक्त कम्पनी १८ महिनापछि काम छोडेर भागेपछि भारत सरकारको...
२५ हजार कर बुझाउन ६० हजार खर्च
बाजुरा, १४ पुस । कर असुली नीति प्रभावकारी नहँुदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । कर बुझाउन चाहनेले समेत कर...
रामपुर—डेढगाउँ—काठमाडौँ बस सेवा शुरु
रामपुर, पाल्पा, १४ पुस । रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा शुरु गरेको राससले जनाएको छ । पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो । हाल...
चारसय मेट्रिक टन मात्र सुन्तला बिक्री
इनरुवा, १४ पुस । सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत्रको बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको...
चिया खेतीका लागि रु ७५ लाख
भोजपुर, १४ पुस । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको राससले जनाएको छ । चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती...








