सहकारीबाट विकासमा जोड, संचारकर्मी मञ्जरी बलामीलाई जेहेन्दार विद्यार्थी सम्मान

तु खबर संवाददाता
२०७४ पुष २६, बुधबार १५:११

मकवानपुर, २६ पुस । आफुलाइ सहकार्यमा परिणत गर्नुु र सहकारीबाट बिकास गर्नु आवश्यक भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका अध्यक्ष मधुसुदन रायमाझीले बताएका छन् । गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका रायमाझीले त्यस्तो बताएका हुन् ।

थाहा नगरपालिका शिखरकोटको बिकासघरमा सम्पन्न भएको छैठौ बार्षिक साधारण सभामा सहकारी भएका कारण हाल सबै सदस्यहरुले सजिलै आवास्यकता अनुसार इमान्दारीता र क्षमताका आधारमा ऋण लिन सकिने भएको अवगत गराए ।

कार्यक्रममा मन्तब्य राख्दै सभाध्यक्ष तथा सहकारीका अध्यक्ष राजेश केशीले भाका नागेका ऋणीहरुलाइ इमान्दार पुर्बक किस्ता तिर्नका लागि अनुरोध गरे । सहकारी संस्था सबैको भएका कारण ऋण गरेर भाका नागेकाहरुको नामावली सार्बजनिक गर्नु पर्ने बाध्यतामा नपार्न आग्रह समेत गरे । साथै उनले सहकारीले जनताको हक हितको लागि काम गर्न नसकेको र ऋण दिने, ऋण उठाउने ब्यापारिक संस्थाको जस्तो काम मात्र भैरहेको स्व–मुल्याङ्कन गरे ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गदै ग्रामिण पर्यटत ब्यवसायिक सहकारी संस्थाका अध्यक्ष निरञ्जन अधिकारीले सहकारीहरुसंग भएको सेयर पुजी लाइ आगजनी, दैबि प्रकोप लगायतका आपतबाट जोगाउन बिमा गर्ने प्रक्रिया पनि सदस्यहरु कै सकारात्मक सुधारबाट हुने बताए । स्थापनाकाल देखि नै कुनै न कुनै रुपले सम्मान तथा पुरस्कार बितरण गदै आइरहेको सहकारीले भेला मार्फत अपाङ्गता भएका ब्यक्ति र गरिब तथा जेहेन्दार बिध्यार्थीलाइ सम्मान गरेको छ । जसमा अपाङ्गता भएका ब्यक्ति तर्फ जन्मदा स्वस्थ र निरोगी नै जन्म भएको तर नौ महिना भएपछि दादुराको खोप लगाएपछि बिस्तारै रोगी बन्दै दुबै गोडा गुमाए सरह भएका यसै थाहा नगरपालिका वडा नं ३ का पिता श्याम बहादुर भुजेल र माता कान्छी भुजेलका छोरा सानोभाइ भुजेललाइ नगद सहित दोसल्ला र खादा ओढाएर सम्मान गरेको छ ।

त्यस्तै जेहेन्दार विद्यार्थीतर्फ सञ्चारकर्मी तथा पालुङ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छात्रा मञ्जरी बलामीलाइ नगद सहित खादा ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै बन्दसत्रमा निर्वाचन मार्फत उर्मिला भट्ट अध्यक्ष रहने गरि ७ सदस्यीय कार्यसमिति समेत गठन भएको छ । समितिको उपाध्यक्षमा श्याम केसी, सचिबमा सुन्दर थापा, कोषाध्यक्षमा राजेश केसी र सदस्यहरुमा मधुराइ थापा, सुवास भट्ट, रामहरी सुनार चयन भएका छन् । कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष राजेश केसी,सचिब उर्मिला भट्ट र कोषाध्यक्ष सुन्दर थापाले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव उर्मिला भट्ट, कोषध्यक्ष सुन्दर थापा, ग्रामिण पर्यटत ब्यवसायिक सहकारी संस्थाका अध्यक्ष निरञ्जन अधिकारी, शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदुसुदन बिष्ट, कुण्डलदेबी बहुद्धेश्यिय सहकारी संस्थाका ब्यवस्थापक राजन मिश्र, सहयोगी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक मोहनमान श्रेष्ठ, मुक्तिनाथ हरियाली कृषक सहकारी संस्थाका अध्यक्ष माधव कार्की, तथा सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम विकास भण्डारीले सञ्चालन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*