समाचार

माओवादी केन्द्रबाट प्रदेसभाका सांसदको सिफारिश, मकवानपुरबाट को को परे ?

काठमाडौँ, १४ पुस । नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन,...

बर्दिवासमा अख्तियारको नयाँ भवनको शिलान्यास

गौशाला, १४ पुस । महोत्तरीको बर्दिबासमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनको शिलान्यास गरिएको छ । बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सो भवनको शिलान्यास गर्नुभयो । कुल १३ कठ्ठा आठ धुर क्षेत्रफलमा दुईवटा भवन निर्माण हुने बताइएको छ । आगामी दुई वर्षभित्र...

‘राजा वीरेन्द्र राष्ट्रवादी नेता’

काठमाडौँ, १४ पुस । तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उहाँलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँको ७३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयको गोष्ठीमा सहभागी वक्ताले उहाँ कुशल...

विद्युतीय सवारी प्रयोगमा ल्याउन योजना आयोगको जोड

काठमाडौँ, १४ पुस । सरकारी स्रोतबाट विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने राष्ट्रिय योजना आयोग पहिलो कार्यालय बनेको छ । यसअघि दातृ निकायको सहयोगमा खरिद गरेर मात्र नगन्यमात्रामा सरकारी कार्यालयले विद्युतीय सवारी साधन सञ्चालन गरेका थिए । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनले प्रदूषण बढाउन थालेका बेला विद्युतीय सवारीको प्रवेशले...

स्वास्थ्यमा नयाँ चुनौती थपिएका छन् : सचिव चौधरी

काठमाडौँ, १४ पुस । नवनियुक्त स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ चुनौती थपिएको बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले थपिएका नयाँ चुनौतीको सामना गरी अगाडि बढ्न सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संघीयतामा कर्मचारी संयोजन गर्नुपर्नेछ, मन्त्रालयमा...

एमालेले अध्यादेशलाई थप मुद्दा नबनाउने

काठमाडौँ, १४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आज जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दबाबबाट आएको अध्यादेश आफँै असंवैधानिक...

अपाङ्गता भएकाहरुलाई घरमै नागरिकता

बुँकोट, गोरखा, १४ पुस । जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ । वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब...

लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, १४ पुस । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ । अग्निवाण पाक्षिक पत्रिकाको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘अग्निवाण क्रियाशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान’ कार्यक्रममा कसैको आग्रह र पूर्वाग्रहमा नलागी सत्य, तथ्य र विश्वसनीय समाचार...

सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचारः प्रमुख आयुक्त बस्न्यात

बर्दिवास, १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताउनुभएको छ । महोत्तरीे बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको छ । ” प्रमुख...

अध्यादेश जारी भएसँगै राजनीतिक विवादको गाँठो फुक्यो

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो...