प्रधानन्यायाधीश पराजुलीमाथि साँच्चै छानविन होला त ?
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । आज डा. गोविन्द केसीसम्बन्धी अपहेलना मुद्धामा आदेश गर्दै सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा छाड्न भनेको छ ।
तर, प्रधानन्यायाधीश पराजुलीसँग २ वटा नागरिकताको प्रमाणपत्र भएको त्यसमा उमेर सच्याएको र एसएलसी पास भए नभएकोमा विवाद रहेको लिखित बयान दिएका थिए ।
स्वास्थ्य सम्बन्धी बिभिन्न मागहरु राख्दै पटकौँ पटक आमरण अनसन बसेका डा. केसी केही दिन अघि पुन अनसनमा बस्ने मनस्थितिमा पुगेका थिए । त्रिवि चिकित्साशास्त्रका डिन डा. शशी शर्मासम्बन्धी एउटा मुद्धामा उनलाई चार दिनका लागि भएपनि पुनःबाहाली गर्न सर्वोच्चबाट आदेश आएपछि डा. केसीले पत्रकार सम्मेलन गरी न्यायालय भ्रष्टहरुको अखाडा भएको र प्रधानन्यायाधीश भ्रष्टाचारी भएको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेका थिए ।
भ्रष्ट प्रधानन्यायाधीश पराजुलीलाई कारवाही माग गर्दै डा. केसीले अनसन बस्ने घोषणा गरेका थिए । लगत्र्तै सर्वोच्चका एक शाखा अधिकृतको प्रतिवेदनका आधारमा सर्वोच्च उनीमाथि मानहानीको आरोप लगाउँदै पक्रउ गर्न पूर्जी जारी गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरी सर्वोच्चमा उपस्थित गराएको थियो । अब हेर्नु यो छ कि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सर्वोच्चकै आदेश बमोजिम छानविनको दायरामा पर्छन् वा पर्दैनन् ।
