समाचार
मउवा संघको मनोनय दर्ता आज , राउत र कटुवाल पनि जादैं
मकवानपुर १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको भोलि पुस १७ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ता हुने मउवा संघले जानकारी दिएको छ । संघले जानकारी दिए अनुसार हिजो पुस १५ बार्षिक साधारणसभा तथा अधिवेशन ,आज पुस १६ मनोनयन दर्ता र भोलि निर्वाचन हुने छ । विभिन्न समयमा...
पदमपोखरी बहुमुखी क्याम्पसमा दुई वडाका विद्यार्थीलाई प्रथम वर्षमा निःशुल्क शिक्षा
-चन्द्र घलान मकवानपुर, १५ पुस । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित पदमपोखरी बहुमुखी क्याम्पसमा वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था मिलाइएको छ । क्याम्पसमा विद्यार्थीको अभाव भएपछि क्याम्पस व्यवस्थापन समिति र स्थानीय बुद्धिजीवीहरु चिन्तित बनेको अवस्थामा वडा...
ज्योति मगरले हेटौंडामा बबाल मच्चाईन्
मकवानपुर १५ पुस । चर्तित गायीका तथा मोडेल ज्याति मगरले आज हेटौंडामा बबाल मच्चाईन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडामा यहि पुस ७ गते देखि संचालन भईरहेको व्यापार मेलामा ज्योतिले आज शनिवार हेटौंडाका युवा युवतीहरुलाई छमछमी नचाईन् । अन्य दिनहरुमा खासै भिडभाड...
काठमाडौंको महाराजगन्जस्थित विद्यालयभित्रै छात्रा बलात्कृत भएपछि…
काठमाडौं । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन महानगरीय प्रहरी अवधारणा लागू गरिएको राजधानीमै बालिकाहरु असुरक्षित बन्न पुगेका छन् । काठमाडौंको महाराजगन्जस्थित एक विद्यालयभित्रै छात्रा बलात्कृत भएकी छिन् । महानगरीय प्रहरी बृत्त महाराजगन्जका अनुसार अभियुक्तलाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिसकिएको छ । राजधानीको मुख्य व्यापापरिक केन्द्र मात्रै नभएर राष्ट्रपति...
अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ
धनगढी, १५ पुस । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई...
मउवा संघको कार्यक्रममा चार पत्रकार पुरस्कृत
मकवानपुर, १५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभाको अवसरमा शनिबार हेटौंडाका चार जना पत्रकार पुरस्कृत भएका छन् । साधारणसभाका न्यूज २४ का देवराज पन्तलाई आर्थिक गतिविधिको समाचार सम्प्रेशण गरेबापत संघले सम्मान गरेको छ भने हेटौंडा एफएमका विवश अधिकारी, अन्नपूर्ण पोष्ट संवाददाता कृष्ण सारु मगर, टिम...
मउवासंघको साधारणसभा उद्घाटन गर्दै भवानी राणाले के भनिन् ?
मकवानपुर, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको समय भनेको आर्थिक समृद्धीको भएको बताएकी छिन् । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभाको शनिबार हेटौडामा उद्घाटन गर्दै उनले आर्थिक समृद्धीका लागि आफुहरु सरकारसंग मिलेर काम गर्नका लागि तयार रहेको बताएकी छिन् । अहिले पनि...
मउवासंघको ५१ औं साधारणसभा जारी , निर्वाचनको रौनक अझैं तिब्र
मकवानपुर १५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारणसभा आज हेटौंडामा जारी छ । साधारणसभाले आसन्न पुस १७ गते हुने नयाँ कार्यसमितिको चुनावको तयारी अन्तिम चरणमा पुर्याउने छ । सधारणसभामा मउवा संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपानले स्वागत मन्तव्यका साथै आफ्नो कार्यकालमा भएको उल्लेखनिय काम र आर्थिक...
राप्रपा अध्यक्ष थापाले दिए राजिनामा
मकवानपुर, १४ पुुस । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले पदबाट राजिनामा दिएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई मकवानपुर १ बाट प्रतिनिधिसभा निर्वाचनमा जिताउन नसकेकोमा उनले नैतिकताको आधारमा राजिनामा दिएका हुन् । कमल थापाजस्तो राष्ट्रिय व्यक्तित्वलाई निर्वाचनमा विजयी गराउन नसक्नुलाई उनले दुखद् भनेका छन् । थापाले राजिनामा पत्र...
पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार : अध्यक्ष ओली
काठमाडौँ, १४ पुस । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ...









