समाचार
कागजात भेट्टाउनुहुनेले सम्पर्क गरीदिनुहुन रविको अपिल
मकवानपुर १६ पुस । हेटौंडा उपमहानगरपालिकामा कार्यरत रवि साहको आज आईतवार हेटौंडाको स्कुलरोड , बसपार्क हुदैँ हेटौंडा उपमहानगरपालिका जाने बाटोमा महत्वपुर्ण काजजात हराएको छ । करीब १२ बजेभन्दा पछि आफ्नो कागजात सहितको पर्स हराएको रवि साहले तु खबरलाई जानकारी दिएका छन् । उनले आफ्नो महन्वपुर्ण कागजात रहेकोले भेट्टाउनुहुने महानुभावलाई...
यस्ता छन् मउवा संघका उम्मेदवारहरु
मकवानपुर, १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणका लागि विभिन्न पदहरुमा विभिन्न क्षेत्रका उम्मेदवारहरुको चुनाव भोलि हुँदैछ । उम्मेदवारी दर्ता गराइएका मध्ये ७ जना निर्विरोध भइसकेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले प्रकाशन गरेको अन्तिम नामावली अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने ,वस्तुगत सदस्यका...
कटुवालको चुनावी उपहार काम नलाग्ने : राउत
मकवानपुर १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनका उम्मेदवार महेन्द्र राउतले आफ्नो प्रत्यासी कृष्ण कटुवालको चुनावी स्कीम काम नलाग्ने बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी राउतले आफु हरेक किसिमले योग्य उम्मेदवार रहेकोले व्यवसायीले आफैं पहिचान गर्ने समेत बताए । कटुवालको निर्वाचन लक्षित उपहार...
भिमफेदीको आलदमारमा वर्षौँपछि सिँचाई र खानेपानी, यसरी फेरियो गाउँ
मकवानपुर, १६ पुस । हेटौँडा बजारबाट करिब ८ किमि उत्तरमा रहेर पनि विकट रहेको भिमफेदी गाउँपालिका–१ स्थित आलदमारबासीले वर्षौपछि खानेपानी र सिंचाईको सुविधा पाएका छन् । गाउँबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको मुहानबाट गाउँले आफैले पाईप बिच्छ्याएर पानी ल्याएका थिए । तर पाईप पुुरानो हुँदै गएपछि ठाउँ ठाउँमा...
साहित्यकार प्रतिमा पाठकलाई बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान
मकवानपुर, १६ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठकलाई सम्मानित गरिने भएको छ । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४ बाट सम्मानित गर्ने निर्णय शनिबार गरेको हो । छनोट समितिले दिएको निर्णयलाई आँचलको शनिबार बसेको बैठकले...
सामुदायीक सेवा केन्द्र मकवानपुरमा राम विष्ट दोहोरिए
हेटौंडा,१६ पुस । सामुदायीक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट निर्बिरोध निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनबाट विष्ट दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा बिनोद लामिछाने, सचिव रमिला सापकोटा, सह सचिव महेश्वर मान श्रेष्ठ र कोषाध्यक्षमा राम प्रसाद कोईराला सर्बसम्मत...
चुनाव लडेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले दियो कडा निर्देशन
काठमाडौँ, १६ पुस । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका...
धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने
काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थापाले आज त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको कोणसभामा जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो...
चार दलबीच एकीकरण
काठमाडौँ, १५ पुस । चार राजनीतिक दलबीच आज पार्टी एकता भएको छ । सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको राससले जानकारी दिएको छ । सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक...
तुप्चेमा बन्नेभयो १९ मेगावाटको विद्युत् आयोजना
त्रिशूली, १६ पुस । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९।४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद...










