बाग्मती गाउँपालिकामा शिक्षा नीति निर्माणको लागि सुझाव संकलन

तु खबर संवाददाता
२०७४ पुष २७, बिहीबार १३:१८

मकवानपुर, २७ पुस । बाग्मती गाउँपालिकाले बुधबार शिक्षासंग सम्बन्धित सरोकारवालाहरूसँग गाउँपालिकाको शिक्षा निती निर्माणको लागि सुझाव संकलन गरेको छ ।

गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी बद्रीनारायण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाले निर्माण गर्न लागेको गाउँ शिक्षा ऐनमा समावेश गर्ने शिक्षा नीति बारे सुझाव संकलन गरिएको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए ।

कार्यक्रममा जिशिअ भट्टराई ,शिक्षक महासंघ मकवानपुर अध्यक्ष जिधराज ढकाल, शिक्षा संयोजक ध्रुव थापा , विव्यस सञ्जाल बाग्मती गापा अध्यक्ष बच्चु खड्का गोले ,कार्यक्रम सभापति तथा गापा अध्यक्ष घलान लगाएतले मन्तव्य राखेका थिए । निर्माण हुन लागेको शिक्षा ऐनमा समावेश हुनु पर्ने विषयहरू बारे प्रधाध्यापकहरूको तर्फबाट सूर्य माविका प्रमोदकुमार राई र विव्यस सञ्जालको तर्फबाट सञ्जालका सचिवले कार्यक्रममा सुझावहरू प्रस्तुत गरेका थिए भने संघ संस्थावाट बेदनिधि ढकाल तथा वीरबहादुर राई लगाएतका प्रअ तथा विव्यसहरूवाट शिक्षा नीति सम्बन्धि सुझावहरू पेश गरिएको थियो । कार्यक्रम गाउँपालिका निमित्त प्रशासकिय अधिकृत राजु अर्यालले संचालन गरेका थिए भने गापा शिक्षा संयोजक थापाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, सहायक जिशिअ शम्भु पौडेल , श्रोतव्यक्ति रबिन्द्र चौधरी ,शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक ढकाल, शिक्षक तथा अभिभावक उत्प्रेरण कार्यक्रम संयोजक वीरबहादुर राई, गाउँपालिकाका वडाअध्यक्षहरु, श्रोतकेन्द्र अन्तरगतका ५० ओटै विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू लगाएतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*