रुपचन्द्र बिष्टको ८४ औ जन्मोत्सव थाहा नगरमा धुमधाम, खतिवडादेखि विष्टसम्मले गरे थाहाको चर्चा
–मञ्जरी बलामी
मकवानपुर, २६ पुस । ‘उन्नत समाजको निर्माण गराँै, सहयोगी भावनाको बिकास गरौँ’ भन्ने मुल नाराको साथमा रुपचन्द्र विष्टको ८४ औँ जन्मोत्सवको अवसरमा बुधबार उत्तरी मकवानपुरको थाहा नगरपालिकामा तेस्रो थाहा दिवस, चौथो तिर्थदास स्मृति सामाजिक सम्मान तथा जया नारी शिक्षा कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
फरक सोचका अभियान्ता जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा सांसद माननिय बिरोध खतिवडाको प्रमुख अतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका नगर प्रमुख लवसेर बिष्ट, थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य तथा मन्तब्य ब्यक्त गदै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले स्वर्गीय रुपचन्द्र बिष्टलाइ सम्झना गरेका थिए ।
मकवानपुर प्रतिनिधि सभा सांसद माननिय बिरोध खतिवडाले मन्तव्यमा रुपचन्द्र विष्टसँगको पुरानो उतारचढाव पनि सम्झिए । उनले भने– ‘रुपचन्द्रसंग एक अर्काको सम्मानको साथमा लाग्दै गर्दा २०४८ सालको चुनावमा आफु जित्दा रुपचन्द्र भर्सेज बिरोध खतिवडा भन्ने ढङ्गले बिरोध खतिवडाले रुपचन्द्रलाइ खत्तम पार्यो भनि चित्रण गरिएको थियो तर त्यो सत्य होइन, जो जित्यो त्यो पार्टीले जितेको हो ।’ यसै गरी थाहा नगरपालिकाका नगर प्रमुख लवशेर बिष्टले रुपचन्द्र बिष्टको थाहा दर्शनलाइ थोरै मात्र पनि प्रयोगमा ल्याउन सके समाज परिवर्तन गर्न सकिने बताए ।
त्यस्तै थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले नगरमा आफु र नगर प्रमुख दुबैजनामा लोभ लालच नभएको र रुपचन्द्रको प्रेरणाको कारण आफु बाहिर बसेर पढेर हुर्केर ब्यवसाय गर्दै बसेकोमा आफु जन्मेको ठाउँलाइ बिकास गर्न आफ्नै जन्मथलोमा फर्किएको बताए । कार्यक्रममा बोल्दै विशेष अतिथि मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आगोले पोले पछि मात्र कस्तो पोलाइ हुन्छ भन्ने थाहा पाउने भएकाले जेसकै कुरा पनि आफैले गरेर भोगेपछि मात्र थाहा हुने बताए । उनले आफु निर्वाचित भएर आएछि रुदानेको योगदानलाइ बिस्तार गर्न मनहरीको एउटा बाटोको नाम थाहा मार्ग भनेर राखिएको र अहिले मनहरीमा बन्दै गरेको सुन्दर पिस पार्कमा थाहा वाचनालय बनाउने संकल्प गरेरअ ाफु अघि बढिरहेको बताए ।

रुपचन्द्र बिष्टको ८४ औँ जन्मोत्सवको अवसरमा हरेक बर्षमा झँै यस बर्ष पनि उक्त कार्यक्रमको बिचमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा शिखरकोटको बिकास घरमा रहेको रुपचन्द्र बिष्टको शालिकमा माल्यार्पण समेत गरिएको छ ।
फरक सोचले आजकै कार्यक्रमका बीच थाहा नगरपालिका भित्रका ४ वटा विद्यालयका ५–५जना छात्राहरुलाइ छात्राबृत्ति स्वरुप स्टेशनरी सामाग्री बितरण गरेको छ । छात्रवृत्ति पाउनेहरुमा जनकल्याण माध्यामिक बिद्यालयका अस्मि गुइदेल, सानुमाया स्याङ्तान, रस्मी केसी, सोनिया स्याङ्तान र सुस्मा कार्की, मत्स्यनारायण माध्यामिक बिद्यालयका गीता बस्नेत, निमा भ्लोन, अनिषा कार्की, मनिषा थापा र सोबिका प्रधान, सेती गणेश आधारभुत बिद्यालयका रोश्नी बिष्ट, पुष्पा कार्की, सजना कार्की, शर्मिला गोले, करिष्मा लामा र झम्केश्वरी माध्यामिक बिद्यालयका अमिसा स्याङ्तान, बिदिशा अमात्य, जमुना श्रेष्ठ, सबिना गोले र अनुसा प्रधान रहेका छन् ।
चौथो तिर्थदास स्मृति सामाजिक सम्मान
थाहा नगरपालिकाको बिकास घरमा भएको कार्यक्रमले चौथो तिर्थदास स्मृति सामाजिक सम्मान अन्तर्गत थाहा पत्रकारिता पुरस्कारद्धारा थाहा नगरपालिकामा दशकौँदेखि मिडिया क्षेत्रमा सक्रिय भएर काम गदै आईरहेका थाहा नगरपालिका ३ घर्तिखोलाका घर भइ भित्ते पत्रिका, रेडियो तथा राष्ट्रिय दैनिक पत्रिकासम्ममा सामाजिक बिषयहरुमा कलम चलाउँदै आएका पत्रकार कुमार नेगीलाइ नगदसहित दोसल्ल ओढाएरसम्मान गरेको छ ।
उनी हाल थाहा नगरपालिकामा पहिलो पटक प्रकाशित शान्तिपुर दैनिकका प्रकाशक तथा मुख्यसम्पादक समेत छन् । यस्तै चौथो तिर्थदास स्मृति सामाजिक सम्मान अन्तर्गत नै थाहा नगरपालिकाको जनकल्याण माध्यामिक बिद्यालयमा बिगत धेरै बर्ष देखि शिक्षण सेवा मार्फत अतुलनिय योगदान पुर्याउदै आएका शिक्षक नरेन्द्रप्रसाद सिंलाई समेत उनको कार्यको मुल्याङ्कण गदै नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद ढकाल,नेपाली काँग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य लक्ष्मण बिष्ट, स्थानीय समाजसेवी ज्योती रायमाझी, वडा नं ३ का वडा अध्यक्ष तथा रुपचन्द्र बिष्ट शालिक संरक्षण समितिका अध्यक्ष राजेश केसी, पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामहरी अधिकारी लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै आज नै रुपचन्द्र बिष्टको ८४ औ जन्मोत्सवको अवसरमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा समाजसेवी, बुद्धिजिवी, तथा सरोकारवालाहरुको बिचमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
