समाचार
संघीयताको समृद्धिमा सहकारीको मुख्य भूमिका
काठमाडौँ, १४ पुस । नेपालको संविधानअनुसार अपनाइएको संघीय शासन व्यवस्था सञ्चालनमा सहकारीको महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सहकारीको ‘मोडल’मा आधारित भएर नै संघीयताको प्रादुर्भाव भएकाले सोही अवधारणामा रहेर प्रदेश–प्रदेशबीचमा आपसी सहकार्य तथा प्रदेशभित्रको आर्थिक सवलीकरण गर्न सकिने अपेक्षा गरिएको हो । तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संघीय...
महोत्तरीका महिला आर्थिकरुपमा सबल हुँदै
महोत्तरी, १४ पुस । वर्षौंदेखि घुम्टोमा घरमै बसेर रु एकका लागि अरूको मुख ताक्नुपर्ने मधेशी समुदायका महिलाका लागि महोत्तरी गौशाला नगरपालिकाका महिलालाई समग्र उत्थान विकास केन्द्रले गाउँमै गएर समूहमा आबद्ध गराएपछि यहाँका महिलामा चेतना अभिवृद्धि हुनाका साथै बचत गर्ने बानी बसाएको छ । गौशाला नगरपालिका–८ की रामसखी देवी अध्यक्ष...
आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख
म्याग्दी, १४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको राससले जनाएको छ । गत शनिबार दिउँसो आगलागी हँुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा (एमाले) म्याग्दीद्वारा संकलन...
सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी
काठमाडौँ, १४ पुस । नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ । होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो । यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन...
सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण
लहान, १४ पुस । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको राससले जनाएको छ । नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय...
युरोपको रोग एसिया सर्दै
काठमाडौँ, १४ पुस । पछिल्ला वर्षहरुमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन । सम्बन्धित मुलुकको आवश्यकताअनुसार आप्रवासीलाई आफ्नो मुलुकमा प्रवेश दिनु सामान्य भएपनि बलजफ्ती र जोखिमपूर्ण रुपमा अन्य...
पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह
अर्जुनधारा, झापा, १४ पुस । पर्यटन व्यवसाय फष्टाउँदै गएपछि अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् । नगरपालिकामा रहेका जुकेखाडी, हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न थालेका हुन् । चालु आवमा जुकेखाडीले रु १२ लाखदेखि रु...
ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग
काठमाडौँ, १४ पुस । नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक...
तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत पुरा
भद्रपुर, १४ पुस । दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ । मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार...
होमस्टे लोकप्रिय बन्दै
नवलपरासी, १४ पुस । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको...









