मकवानपुर उद्योग वाणिज्य संघमा ढकाल, खत्री र अधिकारी मनोनित

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १९:०८

मकवानपुर, २५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आज बसेको निर्वाचित कार्य समितिको बैठकले समितिमा पदाधकारी सहित विधान अनुसारको मनोनित सदस्यहरुको चयन गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको बैठकबाट बरिष्ठ उपाध्यक्षमा माधव न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्षमा अनिल अग्रवाल, वाणिज्य सचिव एव् प्रवक्तामा काव्यमणि अधिकारी, उद्योग सचिव सन्तोष अर्याल, सह–कोषाध्यक्षमा राधिका पाण्डे, महिला उद्यमी विकास समिति सभापतिमा निलम बैद्य, मनोनित सदस्यहरुमा बालकुमार मल्ल (वाणिज्य), श्रीकृष्ण कर्माचार्य (उद्योग) र निलम पाण्डे (एशोसियट) मा चयन भएका छन् ।


यसैगरी संघको विशेष आमन्त्रित सदस्यहरुमा दीपक शर्मा ढकाल, दीपक खत्री र भुपेन्द्र अधिकारीलाई मनोनयन गरिएको छ । संघको सल्लाहकारमा नगर प्रमुख हरिबहादुर महत, अध्यक्ष नारायणी यातायात व्यवसायी संघ, अध्यक्ष उद्योग संघ मकवानपुर, आनन्दराम पराजुली अध्यक्ष निर्माण व्यवसायी संघ मकवानपुर, पर्यटन व्यवसायी भगीरथ शर्मा, निर्माण व्यवसायी भरत पराजुलीलाई मनोनयन गरिएको छ ।

विधान अनुसार १ जना एशोसियटबाट सचिव र ३ जना सल्लाहकार मनोनयन गर्न बाँकी रहेको छ भने पूर्व अध्यक्ष विशिष्ट सल्लाहकार तथा पदेन सल्लाहकारहरुमा प्रतिनिधि र प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सांसदहरु रहने व्यवस्था रहेकोछ । निर्वाचित तथा मनोनित सबै पदाधिकारी तथा सदस्यहरुलाई संघका कर्मचारीहरुले स्वागत समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*