नारायणी यातायात पत्रकारीता पुरस्कारबाट मकवानपुरका ४ पत्रकार सम्मानित

तु खबर संवाददाता
२०७४ पुष २६, बुधबार १३:३४

मकवानपुर २६ पुस ।

नारायणी यातायात पत्रकारीता पुरस्कारबाट आज मकवानपुरका ४ जना पत्रकार सम्मानित भएका छन् । यातायात व्यवसायीहरुको ठुलो संगठन नारायणी यातायात व्यवसायी संघको ३१ औं साधारणसभा समारोहमा पत्रकारहरुलाई सम्मान गरीएको हो ।

समारोहले भुगोल न्यूज डट्कमका तिलक अधिकारी , अन्नपुर्ण पोष्टका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर ,रेडियो नेपालका जिल्ला संवाददाता गणेश दर्पण अधिकारी र कान्तीपुर पत्रिकाका होमकार्कीलाई सम्मान गरेको हो ।

उनीहरुलाई नेपाल सरकारका उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*