समाचार

प्रविधिको प्रयोग गर्न महानगरलाई सुझाव

पोखरा, १३ पुस । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले पोखरा लेखनाथ महानगरपालिको सेवा प्रवाह लगायतका विषयमा गरेको अध्ययनले महानगरले सेवाको प्रभावकारिताका लागि प्रविधिको उपयोग गर्दै सेवालाई सरल, छिटो, पारदर्शी र जवाफदेही बनाउनुपर्ने निष्कर्ष निकालेको राससले जनाएको छ । तत्कालीन पोखरा उपमहानगरपालिका र सुनास कास्कीबीच २०७० साल भदौमा कार्यालयको...

सवारी दुर्घटनामा २ को मृत्यू, १ घाईते

काठमाडौँ, १३ पुस । मुलुकका २ स्थानमा भएको सवारी दुर्घटनामा २ को मृत्यू हुनुका साथै एक जना घाईते भएका छन् । काठमाडौँको काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने...

४ जना मृत अवस्थामा फेला

काठमाडौँ, १३ पुस । मुलुकका विभिन्न स्थानहरुमा ४ जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–१५ नख्खु मिलनवस्ती डेरा गरी बस्ने काभ्रेको बनस्थली घर भएका ३२ बर्षीय दिनेश तामाङ बुधबार डेरा कोठाको ढोका नजिक मृत अवस्थामा फेला परेका छन् । पर्वतको जलजला गाउँपालिका–८ खनियाघाट स्थित काली गण्डकी...

मिर्गौला पीडित पत्रकार मायाको अपिल

काँकडभिट्टा, १३ पुस ।  दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहनुभएकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गर्नुभएको छ भद्रपुरबाट प्रकाशित हुने सप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपिल गर्नुभएको हो । पकुवाल मिर्गौला प्रत्यारोपणका लागि बुधबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जानुभएको...

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुर, १३ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने,...

राजपा बैठकमा चुनावी समीक्षा

काठमाडौँ, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ । पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी...

जाजरकोट महोत्सव शुरु

जाजरकोट, १३ पुस : दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय...

नारायणगढ–मुग्लिन सडकमा राति यातायात बन्द गरिने

चितवन, १२ पुस (रासस) : नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई...

हत्या आरोपमा युवक पक्राउ

लहान, १२ पुस । एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत मंसिर २१ गते लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि...

भारतमा एक महिनामा ६६० जना बेपत्ता

नयाँदिल्ली, १२ पुस (रासस/एएफपी) : धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको...