सवारी दुर्घटनामा २ को मृत्यू, १ घाईते
काठमाडौँ, १३ पुस । मुलुकका २ स्थानमा भएको सवारी दुर्घटनामा २ को मृत्यू हुनुका साथै एक जना घाईते भएका छन् ।
काठमाडौँको काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका–७ चितायनमा ना.४८ प १४०३ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने २० बर्षीय अनिल साह गम्भीर घाइते भएकोले उपचारको लागि लालबन्दी मोडल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० बर्षीय कलाम साह सामान्य घाइते भएका छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
