समाचार
होटल व्यवसायीको लागि डटेर लाग्छु : निप्पु सर्राफ
मकवानपुर १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मकवानपुर होटल एशोसिएसनको तर्फबाट होटल व्यवसायीको प्रतिनिधित्व गर्दै निप्पु सरार्फले उद्योग तर्फको सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । होटल एशोसिएसन मकवानपुरको एकमात्र प्रनितिधि रहेका उनी होटल व्यवसायमा पछिल्लो समय निकैनै समस्या देखिएको कारण आफु त्यसको निराकरणको लागि मउवा संघमा...
मकवानपुरगढी आमभञ्ज्याङमा गरियो यस्तो प्रतिबद्धत्ता !
मकवानपुर, १२ पुस । मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङ्मा बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार तथा महिला हिंसा विरुद्घ क्रियाशील रहने सामुहिक प्रतिबद्घता जनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङ्को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग र बाल कल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा आमभञ्याङ्को बागदलीमा आयोजित पुरुष वर्गलाई...
नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने
काठमाडौँ, १२ पुस । नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा...
क्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण
दमौली, तनहुँ, १२ पुस । क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ । शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको राससले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र नेपाल...
अस्पतालको लापर्बाहीप्रति प्रशासनले चाल्यो कडा कदम
गाईघाट, उदयपुर, १२ पुस । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो...
क्याम्पसका विद्यार्थी अँगालो हालेर जंगलमा गएपछि मकवानपुरमा प्रहरीको छड्के
मकवानपुर, १२ पुस । क्याम्पस पोषाकमै असामाजिक गतिविधिमा संलग्न भएको आरोपमा मकवानपुर प्रहरीले विद्यार्थीहरुमाथि छड्के नजर लाउन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार बिहान ६ बजेको समयमा क्याम्पस पोषाकमै मनकामना मन्दिर जाने जंगलक्षेत्रमा सामाजिक मर्यादाविपरित गतिविधिमा संलग्न भएको आरोपमा २० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको आज प्रकाशित...
व्यापार महोत्सवमा धुलोले रोक्न सकेन दर्शक र कलाकारको मस्ती
मकवानपुर, ११ पुस । भुटनदेवी पार्कमा बुरुक बुरुक उफ्रिरहेका दर्शक देखेर स्टेजमा कलाकार समेत उफ्रन थाले । कलाकार र दर्शकको मस्ती यतिसम्म चुलियो कि मेलास्थल पुरै धुलो उडेर ढाक्यो तर त्यो धुलोमा समेत कलाकार र दर्शकको मस्ती रोकिएन । मंगलबार हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा यस्तै...
मकवानपुरको हाँडीखोलामा महायज्ञ
मकवानपुर, ११ पुस । चुनावको क्रममा भएको वैमनश्यतालाई भुलाउँदै मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको छ । स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा १ सय ५१ सदस्यीय श्रीमद् भागवत्...
स्तन आर्कषक र ठुलो भएका ३ हिरोईनहरु
स्तन संवेदनशिल हुन्छ , यो जति संवेदनशिल हुन्छ त्यतिनै लोभलाग्दो पनि हुन्छ । यसकोे आकार प्रकारमा भने फरक पर्दछ । कसैको स्तन ठुलो हुन्छ भने कसैको सानो हुन्छ । कसैले स्नन सानो भएका कारण आफु सेक्सी नभएको सोच बनाएर स्तन बढाउने विविध उपाए समेत अपनाएका हुन्छन् । स्तन ठुलो...
हुम्लामा वृद्ध भत्तामा ब्रह्मलूटः मरेका मानिस ल्याप्चे लाउन गाउँ आउँछन्
हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १० वटा वडामा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको विवरण लियौं । अनि भत्ता पाउनेहरूको सूची लिएर ती गाउँका वडाहरूमा गयौं...










