समाचार

दुई साताभित्र नयाँ सरकार बन्छ एमाले नेता राई

काठमाडौँ, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् “राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको...

प्रहरीको पत्रचारप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौँ, १० पुस । महानगरीय प्रहरी परिसर काठमाडौँले केही पत्रकारसंग सम्बन्धित कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । युनियनले आज एक विज्ञप्तिमार्फत केही सञ्चार माध्यममा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत...

मुनु सिग्देल र जुनेली श्रेष्ठ सांसद ?

मकवानपुर १० पुस । एमाले मकवानपुरबाट समानुपातिक तर्फको सिट बाँडफाँड गर्दा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र जुलेली श्रेष्ठ समानुपातिक तर्फको सांसद बन्ने लगभग पक्का भईसकेको छ । एमाले पार्टी कार्यालय मकवानपुरले दुवैलाई अग्रिम शुभकामना समेत दिईसकेको छ । यस विषयमा तु खबरले एमाले मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देललाई...

मेयर सा’पको १०० दिन : पत्रकारको अगाडि छर्लङ्ग

बारा, १० पुस । बाराको जीतपुरसिमरा उप–महानगरपालिकाको औराहमा कार्तिक ११ गते आयोजित एक कार्यक्रममा मेयर डा. कृष्ण पौडेलले १०० दिनमा देखिने गरी काम गर्ने बताएका थिए । मेयर पौडेलको भनाईलाई आधार मान्ने हो भने १०० दिन पुग्न अब १० दिन मात्र बाँकी छ । पुस २० गते सबै जनप्रतिनिधिको...

मापसे गर्ने दुई सय पैँतालिस चालक पक्राउ

काठमाडौँ, १० पुस । क्रिसमसमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ४५ जनालाई महानगरीय ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । आइतबार सवारी जाँच गर्ने क्रममा मापासे गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले आइतबार विशेष रुपमा सवारी चेकिङ गरेकोमा मापसे गरी सवारी...

हिटरबाट आगो लागेर एकको मृत्यु

धुलिखेल, १० पुस । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा हिटरबाट...

ईन्द्र बहादुर बानिँयालाई पितृशोक 

मकवानपुर १० पुस । नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका पुर्व गृहराज्यमन्त्री साथै मकवानपुर प्रदेशसभा २ का साँसद  ईन्द्रबहादुर बानिँयालाई पितृशोक परेको छ । उनका बुवा छेमबहादुर बानिँयाको आज बिहान ८१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो । स्वर्गीय छेमबहादुर बानिँयालाई काडमाण्डौंको बयोधा हस्पिटलले आज बिहान मृत घोषणा गरेको हो...

कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

गौशाला, १० पुस । महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल...

मकवानपुरमा पनि क्रिशमस भव्य रुपमा मनाईदै

मकवानपुर , १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु खीष्टको जन्मदिनको रुपमा मनाईने क्रिशमस आज मकवानपुरमा पनि भव्य रुपमा मनाईने भएको छ । मकवानपुरमा मात्र नभई २५ डिसेम्बरका दिन यो पर्व विश्वभर मनाईन्छ । आज क्रिश्चियन धर्मालवम्विहरुले चर्चमा भेलाभई येशुख्रिष्टको प्राथना एवं एकआपसमा खुसी र सुभकामना साटेर साथै उपहार...

‘उद्योगी व्यवसायीको हितमा कटुवाल भन्दा म एक कदम अगाडि छु’ : महेन्द्र राउत

मकवानपुर, ९ पुस । मकवानपुर उद्योग वाणिज्य संघको यही पुस १५ गतेदेखि हुने निर्वाचनमा उम्मेदवारहरु डटेर लागेका छन् । अध्यक्ष पदकालागि महेन्द्र राउत र कृष्णकुमार कटुवालको उम्मेदवारी पक्का भईसकेको छ । तु खबरसँगको कुराकानीमा वर्तमान महासचिव महेन्द्र राउत आफु २० बर्ष अघिदेखि व्यवासायीक क्षेत्रमा आएको कारण आफुले सामान्यदेखि ठुलासम्मका...