मकवानपुरमा पनि क्रिशमस भव्य रुपमा मनाईदै
मकवानपुर , १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु खीष्टको जन्मदिनको रुपमा मनाईने क्रिशमस आज मकवानपुरमा पनि भव्य रुपमा मनाईने भएको छ । मकवानपुरमा मात्र नभई २५ डिसेम्बरका दिन यो पर्व विश्वभर मनाईन्छ ।
आज क्रिश्चियन धर्मालवम्विहरुले चर्चमा भेलाभई येशुख्रिष्टको प्राथना एवं एकआपसमा खुसी र सुभकामना साटेर साथै उपहार एक आपसमा बाडेँर यो पर्व मनाउँछन् ।
मकवानपुर ईसाइ समाजकी अध्यक्ष निमटोल्मा आर्चायले तु खबरलाई प्रतिक्रिया दिँदै मकवानपुरका विभिन्न स्थानमा आज क्रिशमस विषेश कार्यक्रमको आयोजना गरीएको जानकारी दिइन् ।
मकवानपुरको हेटौंडा बुद्धचोकमा हिजो साझँ दिप प्रज्वलन गरी सम्पुर्ण जिल्लावासीहरुको सु स्वास्थ्य दिर्घायु र शान्तीको लागि आफुहरुले कामना गरेको समेत उनले जानकारी दिईन् ।
मकवानपुरका सम्पुर्ण चर्चहरुमा आज क्रिशमस विषेश कार्यक्रमको आयोजना गरीएको र अन्य धर्मालवम्विहरुलाई पनि सहभागी भएर एकआपसमा रमाउन उनले अपिल समेत गरेकी छिन् ।
