मुनु सिग्देल र जुनेली श्रेष्ठ सांसद ?
मकवानपुर १० पुस । एमाले मकवानपुरबाट समानुपातिक तर्फको सिट बाँडफाँड गर्दा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र जुलेली श्रेष्ठ समानुपातिक तर्फको सांसद बन्ने लगभग पक्का भईसकेको छ । एमाले पार्टी कार्यालय मकवानपुरले दुवैलाई अग्रिम शुभकामना समेत दिईसकेको छ ।
यस विषयमा तु खबरले एमाले मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देललाई जिज्ञासा राख्दा आफुहरु सांसद बन्ने प्रचुर सम्भावना रहेको तर आधिकारीक जानकारी भने नआएको बताएकी छिन् । उनले आज दिनभरी केहि भन्न नसकीने समेत बताईन् ।
