समाचार
मकवानपुरमा पनि क्रिशमस भव्य रुपमा मनाईदै
मकवानपुर , १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु खीष्टको जन्मदिनको रुपमा मनाईने क्रिशमस आज मकवानपुरमा पनि भव्य रुपमा मनाईने भएको छ । मकवानपुरमा मात्र नभई २५ डिसेम्बरका दिन यो पर्व विश्वभर मनाईन्छ । आज क्रिश्चियन धर्मालवम्विहरुले चर्चमा भेलाभई येशुख्रिष्टको प्राथना एवं एकआपसमा खुसी र सुभकामना साटेर साथै उपहार...
‘उद्योगी व्यवसायीको हितमा कटुवाल भन्दा म एक कदम अगाडि छु’ : महेन्द्र राउत
मकवानपुर, ९ पुस । मकवानपुर उद्योग वाणिज्य संघको यही पुस १५ गतेदेखि हुने निर्वाचनमा उम्मेदवारहरु डटेर लागेका छन् । अध्यक्ष पदकालागि महेन्द्र राउत र कृष्णकुमार कटुवालको उम्मेदवारी पक्का भईसकेको छ । तु खबरसँगको कुराकानीमा वर्तमान महासचिव महेन्द्र राउत आफु २० बर्ष अघिदेखि व्यवासायीक क्षेत्रमा आएको कारण आफुले सामान्यदेखि ठुलासम्मका...
गुम्बा डाँडामा एक करोडको बुद्धको मुर्ती
मकवानपुर, ९ पुस । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि बिरुवा डाँडाबाट गुम्बा डाँडा नाम रहन गएपनि गुम्बा सम्बन्धि पहिचान नभएकाले पूर्ण कदको बुद्धको मुर्ती स्थापना गर्न पहल गरिएको हो । गुम्बा डाँडामा आयोजित...
अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने
काठमाडौँ, ९ पुस । अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई...
विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण
काठमाडौँ, ९ पुस । विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा सचिव अनुपकुमार उपाध्यायसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सम्झौता यसअघि नै गरिसक्नुभएको थियो । प्राधिकरणको प्रणालीमा हाल...
छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च
काठमाडौँ, ९ पुस । सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड खर्च गरेको राससले जनाएको छ । । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब...
कृष्ण कटुवालसँग व्यवसायीको माग–‘पारदर्शी कार्य समिति चाहियो’
मकवानपुर, ९ पुस । यही पुस १५ गतेबाट हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवालसँग मकवानपुरे व्यवसायीहरुले पारदर्शी कार्य समितिको माग गरेका छन् । चुनावी अभियान लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत हटिया, चुच्चेखोला, चौघडा हुँदै मनहरी गाउँपालिकोको मनहरी बजारसम्म पुगेका कटुवाललाई व्यवसायीहरुले...
आर्थिक अवस्था कमजोर भएपछि सहयोग माग्दै मुटु रोगी
मकवानपुर, ९ पुस । आर्थिक अवस्था कमजोर भएका कारण नियमित उपचारमा समस्या भएपछि मुटुरोगी समिर दुलाल ( खिकाप्रसाद दुलाल )ले सहयोगको लागि आग्रह गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आल्दमार निवासी ३१ वर्षीय दुलालकी श्रीमतीलाई समेत श्रीमानको उपचार कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । भर्खरै कखरा...
तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने
फलेवास, पर्वत, ९ पुस । पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको रु पाँच करोड ७५ लाख वितरण गर्ने...
‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा’-प्रचण्ड
चितवन, ९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता...








